काठमाडौं । लक्ष्मी बैंकले १० कित्ता बराबर ३ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद सेयर जारी गर्नका लागि बैंक संचालक समितिले उक्त प्रस्ताव आगामी साधारणसभामा लैजादैछ ।
बैंकले आर्थिक वर्ष २०७०\०७१ को नाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांस वितरणपछि कायम हुने सेयरका आधारमा हकप्रद जारी गर्ने जनाएको छ ।
साधारणसभाबाट हकप्रद सेयर जारी गरी पुँजी बढाउने प्रस्ताव पारित हुनुपर्नेछ । यसका लागि बैंकले साधारणसभा कात्तिक २५ गते बोलाएको छ ।
प्रतिक्रिया