वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन किन्ने सोचमा हुनुहुन्छ ? केही दिन पर्खनुहोस् प्रतितोला ४५ हजार भन्दा कम हुनसक्छ

अर्थटुडे
२०७१ कार्तिक १८, मंगलवार

काठमाडौं । के तपाई सुन किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने केही दिन अझै पर्खनुहोस् । सुनको भाउ अझै कम भई प्रतितोला ४५ हजार रुपैयाँसम्म झर्ने सम्भावना रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा निरन्तर गिरावट आइरहेकाले सुनको भाउ ४५ हजार भन्दा तल झर्नसक्ने विश्लेषकहरु बताउछन् ।
बजारमा मंगलबार सुनको भाउ प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । गत साताभरमा १ हजार ५ सय रुपैयाँ सस्तो भएको सुन आईतबारदेखि तीन दिनमा ८ सय रुपैयाँ सस्तो भइसकेको छ ।

goldअन्तर्राष्ट्रिय बजारमा निरन्तर गिरावट आइरहेकाले नेपाली बजारमा सुनको भाउ डेढ वर्षयताकै सस्तो हुने सम्भावना रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । अघिल्लो बैशाखमा सुनको भाउ घटेर तोलाको ४८ हजार रुपैयाँसम्म झरेको थियो ।

नेपाली बजारमा पहिलो पटक २०६८ साउन २६ गतेबाट सुनको भाउ ५० हजार रुपैयाँभन्दा माथि उल्लेको थियो । हालसम्म सबैभन्दा महंगो ०६९ मंसिर १० गते ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

भारतिय बजारमा आगामी डिसेम्बरसम्ममा सुनको भाउ प्रति १० ग्राम २४ हजार ५ सय रुपैयाँसम्म झर्ने विश्लेषण गरिएको छ । सोही भाउमा आधारमा पनि नेपाली बजारभाउ ४५ हजार रुपैयाँभन्दा कम हुने सम्भावना रहेको छ ।

अमेरिकी अर्थतन्त्र मजबुत हुदा अन्तर्राष्ट्रिय बजारमा सुनका लगानीकर्ता डलरतर्फ लागेकाले सुनको मागका कमी आई भाउ निरन्तर घटिरहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ