काठमाडौं। सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित रुम्जाटारमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले ग्रामीण भेगमा पनि बैंकिङ सेवा पुर्याउने उद्देश्यले सो स्थानमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो ।
बैंकको यो तेस्रो शाखा रहित बैंकिङ सेवा हो । शाखा रहित बैंकिङ सेवाको बैंकका बरिष्ठ कार्यकारी निर्देशक गोविन्द गुरुङले उद्घाटन गरे ।
सो सेवा रुम्जाटार वचत तथा ऋण सहकारी संस्थाले प्रदान गर्ने बैंकले जनाएको छ।
प्रतिक्रिया