वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दक्षिण एसियाले अन्तर्निहीत संभावनाहरुबाट लाभ लिन सकेन :अर्थमन्त्री डा.महत

अर्थटुडे
२०७१ कार्तिक १८, मंगलवार

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले दक्षिण एसिया व्यापारिक दृष्टिले विश्वमै कम एकीकृत क्षेत्र भएकोले आफ्ना अन्तर्निहीत संभावनाहरुबाट अपेक्षित लाभ लिन नसकेको बताएका छन् ।MMS_0130

काठमाडौंमा आयोजित दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को पारबहन तथा व्यापार सहजीकरण सम्वन्धी पाँचौं बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले विश्वका जनताको ठूलो हिस्सा यस क्षेत्रमा बसोबास गरिरहेको तर विश्वको कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको हिस्सा भने न्युन रहेको बताए ।

यस क्षेत्रमा व्यापार प्रवद्र्धनका सन्दर्भमा क्षेत्रीयरुपमा एकीकृत काम हुन नसकेकोले अपेक्षित लाभ लिन सकिएको छैन अर्थमन्त्री डा.महतले भने‘, विश्वको तुलनामा न्युन आर्थिक बृद्धि, न्युन विकास, कम औषत आयु, उच्च बाल मृत्युदर तथा मातृ मृत्युदर लगायत मानब विकास सूचकांकमा पछाडि परेको क्षेत्रको रुपमा पनि रहेको छ ।

उन्नतशील क्षेत्रको रुपमा स्थापित हुन दक्षिण एसियाली मुलुकहरुमा अझ ठूलो मात्रामा स्रोत परिचालन गर्नुपर्ने र मेहनत गर्नुपर्ने खाँचो रहेको मन्त्री डा.महतको भनाइ रहेको छ । पारबहन तथा व्यापार सहजीकरणले यस क्षेत्रलाई एकीकृत गरी लाभ लिनका लागि निर्णायक भूमिका निर्वाह गर्नेछ ,अर्थमन्त्री डा.महतले सासेक मुलुकहरुबीच गत मार्चमा भएको पारवहन तथा व्यापार सहजीकरणसम्वन्धी सहमतिले यस क्षेत्रको आर्थिक सहयोग आदान प्रदानलाई ठोस बल पु¥याएको बताए ।

अर्थसचिव सुमनप्रसाद शर्माले दक्षिण एसिया क्षेत्रको आर्थिक सम्वन्धलाई एकीकृत गर्न सासेकले उल्लेख्य भूमिका निर्वाह गरेको बताए । सो कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक हुँ किमले पनि आफ्ना विचारहरु राखेका थिए । बैठकमा नेपाल लगायत भारत, भूटान, माल्दिभ्स, बंगलादेश, श्रीलंकाका प्रतिनिधिहरुले भाग लिइरहेका छन भने बैठक भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ