वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोम्याक अध्यक्ष र वायुसेवा निगमका महाप्रबन्धकविच आपसी हितका विषयमा छलफल

अर्थटुडे
२०७१ कार्तिक १८, मंगलवार

काठमाडौं । चिनको विमान निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक)का अध्यक्ष जुआन ग्लाङगको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलसँग भेट गरेको छ ।
मंगलबार भएको सो भेटमा आपसी हितका सम्बन्धमा छलफल भएको बताइएको छ । जआनसँग खरेलले आगामी दिनमा पनि यसैगरी सहयोगको अपेक्षा रहेको र पारस्परिक सहयोगको क्षेत्र विस्तार हुदै जाने विश्वास रहेको बताए ।
अध्यक्ष जुआनले कोम्याकले चीनमा तीन प्रकारका जेट इन्जिनयुक्त विमान निर्माण गर्दै आएको र सो विमानहरुमा सबैभन्दा सानो ६८ सीटदेखि ठूलोमा दुई सय ९० सीट क्षमता रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ