वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालय र क्रिस्टल फाइनान्सलाई लिक्विडेशनमा लैजाने राष्ट्र बैंकको निर्णय

अर्थटुडे
२०७१ कार्तिक १८, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालय र क्रिस्टल फाइनान्सलाई लिक्विडेशनमा लैजाने निर्णय गरेको छ । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले लामो समयदेखि समस्याग्रस्त यी दुई फाइनान्सलाई खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । यसका लागि केन्द्रीय बैंकले अदालतमा मुद्दा दायर गर्नुपर्छ । अदालतले स्विकृती दिएपछि मात्र खारेजी प्रक्रिया अघि बढ्छ ।

himalayan & crystalयसअघि राष्ट्र बैंकले नेपाल विकास बैंक, सम्झना फाइनान्स र युनाइटेड विकास बैंकलाई खारेजीमा पठाइसेको छ ।

नेपाल राष्ट्र बैंकले क्रिस्टललाई २०६९ असोज ८ गते र हिमालयलाई २०६९ पुस २४ गते समस्याग्रस्त घोषणा गरेको थियो ।यसअघि दुवै संस्था शीघ्र सुधारात्मक कारवाहीमा परेका थिए ।

लामो समयसम्म दुवै कम्पनीमा सुधारको संकेत नदेखिएकाले खारेजीमा लैजाने निर्णय गरिएको स्रोतले जनाएको छ ।

हिमालयन फाइनान्समा सम्पतिभन्दा दायित्व वढी रहेको छ । फाइनान्सका तत्कालिन अध्यक्ष हिमालयनभक्त प्रधानाङ्, उनकी छोरी तत्कालिन महाप्रबन्धक शिशम मल्लले ठगी गरेपछि प्रहरीले बैंकिङ कसुरमा कारवाही थालेको थियो । उक्त मुद्दामा अदालतले अध्यक्ष प्रधानाङ्लाई धरौटीमा छाडिसकेको छ भने तत्कालिन नायव महाप्रबन्धक श्यामभक्त प्रधानाङ प्रहरी थुनामा छन् । शिशम मल्ल भने फरार छिन् ।

यसैगरी क्रिस्टल फाइनान्सका प्रवर्द्धक दिब्यकुमार श्रेष्ठ बैंकिङ कसुर अभियोगमा प्रहरी थुनामा छन् । क्रिस्टलको करिब ४४ करोड ऋण श्रेष्ठको परिवारभित्र मात्रै रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ