वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थ समितिमा लोकमान सिंह कार्कीले भने, अख्तियारले अधिकार क्षेत्र मिचेको छैन

अर्थटुडे
२०७१ कार्तिक १९, बुधबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले अधिकारक्षेत्र नमिचेको बताएका छन् । बुधबार अर्थ समितिमा बोल्दै उनले संविधान र कानुनले दिएको अधिकारक्षेत्र भित्र नै बसेर काम गरिरहेको बताए । “हामीले कुनै अधिकार क्षेत्र मिचेका छैनौं” उनले भने, “संविधान र कानुलले तोकेको क्षेत्रमा काम गरिरहेका छौं ।”

lokmanअख्तियारले कार्यक्षेत्र बाहिर गएर काम गरेको भन्दै छलफलका लागि अर्थले बोलाएको थियो । अख्तियारले कावेली, कर्णाली लगायतका जलविद्युत आयोजनामा हस्तक्षेत्र गरेको भन्दै बोलाइएको थियो ।

बैठकको सुरुमा समितिका सभापति प्रकाश ज्वालाले लोकमानमाथी लागेका आरोपहरुबारे बताएका थिए । उनले अख्तियारले क्षेत्राधिकार मिचेर आफैं शासन गर्न खोज्यो, प्रशासनिक भन्दा पनि फौजी संरचना बनाउन थालियो र कर्मचारी युनियनको कार्यालयमा गएर आतंक मच्चाइयो भन्ने आरोप लगाएका थिए ।

जवाफमा लोकमानले अख्तियारले व्यक्तिलाई नचिन्ने भन्दै युनियनलाई टार्गेट नगरिएको बताए । कानून विपरीत काम गर्नेहरु अख्तियारबाट डराएको भए आफ्नो भन्नु केही नरहेको भन्दै कार्कीले अख्तियारले आतंक नमच्चाएको दाबी गरे ।

बैठकमा सभासद् र लोकमानबिच जुहारी नै परेको थियो । लोकमानले अख्तियार विकास विरोधी नभएको र झोलामा खोला ओगट्नेहरुको लाइसेन्स खारेज गर्न निर्देशन दिइएको बताए । उनले संसद्का विभिन्न समितिहरुले आफुलाई पटक पटक बोलाउने गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ