वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीतिक दलहरुलाई चन्दा नदेउःसंविधानसभाका अध्यक्ष नेम्वाङ

अर्थटुडे
२०७१ जेष्ठ २८, बुधबार

काठमाडौं । सविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले व्यावसायीहरुलाई राजनीतिक दलहरुलाई चन्दा नदिन आग्रह गरेका छन् । उनले राजनीतक दलहरु राज्य तथा शुभचिन्तक र दलहरुका कार्यकर्ताहरुले दिएको शुल्कबाट चल्नुपर्ने भन्दै उद्योगी व्यवासायीहरुलाई दलहरुलाई चन्दा नदिन आग्रह गरेका हुन् ।
नेपाल उद्योग बाणिज्य महासंघको विषेष साधारणसभाको बुधबार उद्घाटन गर्दै सभामुख नेम्वाङले आर्थिक विकाससँग सम्बन्धित केही विधेयकलाई संसदमा छिट्टो दर्ता गराउनका लागि निजी क्षेत्रले दवाव दिनुपर्ने बताए । उनले भने —“सो विधेयकलाई पारित गराउनका लागि मेरो तर्फबाट पूर्ण रुपमा सहयोग हुन्छ ।

thirdउनले समग्र आर्थिक विकासको लागि मुख्य बाधकको रुपमा रहेको उर्जाको समस्या समाधानका लागि निजी क्षेत्रले अभियान चलाउनुपर्ने बताए । पूर्व बजेट अगावै संसदमा बजेटबारे छलफल गर्ने कार्यलाई निरन्तरता दिने बताउँदै उनले बजेट सार्वजनिक गर्न ढिला भएपनि १५ दिन पूर्व बजेट छलफल कार्यक्रम राखेर मात्र बजेट सार्वजनिक गर्ने व्यवस्था संसदले गर्ने बताए । सो कार्यक्रममा महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले रुग्ण उद्योगको समस्या समाधानका लागि सरकारसँग उद्योग बाणिज्य महासंघले पहल गरिरहेको बताए ।
पाण्डेले आर्थिक विकासको प्रमूख आधार नै सार्वजनिक निजी साझेदारी भएको स्पष्ट पार्दै यसको माध्यमबाट नै अर्थतन्त्रलाई अगाढी बढाउनुपर्नेमा जोड दिए । पाण्डेले काठमाडौँ हेटौडा जोड्ने सुरुङमार्गको कुरा निकाल्दै भने —“यो परियोजना साकार पार्न सकेमा हामीलाई विदेशीले पनि पत्याउने छन् त्यसैले निजी क्षेत्र यो परियोजनामा लागि परेका छन् ।”

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले देशको आथिक विकासका लागि उदार तथा बजारमुखी अर्थतन्त्रको अवधारणा अनुसार काम गर्नुपर्ने बताए । उनले सरकारले कतिपय आर्थिक मामिलामा नितिगत सुधार यथासिघ्र हुनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ