वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरियाली लगानी बढाउन परराष्ट्र मन्त्रीको आग्रह

अर्थटुडे
२०७१ कार्तिक १९, बुधबार

 

Nepal korea Relationship 2 (1)

काठमाडौँ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालमा कोरियाली लगानी बढाउन आग्रह गरे । नेपाल–कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेको अवसरमा नेपाल–कोरिया सहयोग परिषद्द्धारा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले नेपालको आर्थिक विकास र समृद्धिमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार तयार रहेको बताए ।

नेपालमा नयाँ संविधान बन्दै गरेको अवस्थामा छोटो समयमा आर्थिक विकास गरेको कोरियाजस्ता विकासित मुलुकलाई नेपालको आर्थिक समृद्धि र स्थिरताका लागि लगानी बढाउन उनले आग्रह गरे । कोरियाले खासगरी नेपालको

जलविद्युत्, पूर्वाधार विकास, कृषि र पर्यटनमा लगानी बढाउन सक्ने भन्दै मन्त्री पाण्डेले त्यस्तो लगानीबाट दूबै मुलुकको आर्थिक विकासमा थप टेवा पुग्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले कोरियालाई नेपालमा लगानी बढाउन आग्रह गर्दै नेपाल र कोरियाबीचको व्यापार घाटा कम हुने स्थिति ल्याउन आग्रह गरे ।

एमाओवादीका नेता जनार्दन शर्माले चार दशकमा कोरियाले गरेको आर्थिक प्रगतिको चर्चा गर्दै नेपालको राजनीतिक नेतृत्वले कुशलता देखाउन नसकेकोले नै हामी पीछडिएको धारणा राखे । नेपालका लागि कोरियाका राजदूत चाऊ योङ जिनले आफ्नो मुलुक कुशल राजनीतिक नेतृत्व, जनतामा व्यवसायमुखी सोच, अपनत्व र उच्च सीपयुक्त मानव शक्तिका कारण छोटो समयमा विकसित भएको बताए ।

उनले आफ्नो कार्याकालमा दुई देशबीचको व्यापार दोब्बर बनाउने, काठमाडौँमा कोरियाली व्यापारिक संयन्त्र खडा गर्ने र लगानी वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार हाल कोरियामा २६ हजार नेपाली कामदार छन् भने नेपालमा वार्षिक ३० हजार कोरियाली पर्यटक आउँछन् । कोरियाका लागि पूर्वनेपाली राजदूत कमलप्रसाद कोइरालाले कोरियाले छोटो समयमा गरेको आर्थिक वृद्धिबाट आफू प्रभावित भएको बताए ।

परिषद्का अध्यक्ष अरुण रञ्जितले दुई देशबीच आर्थिक सहकार्यका प्रशस्त सम्भावना रहेको धारणा राखे । दुई देशबीच सन् १९७४ मा कुटनीतिक सम्बन्ध विस्तार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ