वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

५ बराबरको १ अनुपातको हकप्रद सेयर जारी गर्दै सेवा विकास बैंक, मंसिर १४ देखि पुस १० सम्म आवेदन खुल्ला

अर्थटुडे
२०७१ कार्तिक २०, बिहीबार

काठमाडौं । सेवा विकास बैंकले ५ बराबरको १ अनुपातको हकप्रद सेयर जारी गर्दैछ । बैंकले मंसिर १४ गते देखि पुस १० गतेसम्म पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर खुल्ला गर्ने भएको हो ।sewa bikas bank

बैंकको हकप्रद सेयर किन्नका लागि बैंकको सेयर विक्रि प्रबन्धक एनएमवी क्यापिटल, एनएमवी बैंकको शाखा सेवा विकास बैंकको कार्यालयबाट आवेदन दिन सकिन्छ ।
बैंकको हकप्रद सेयर दिएपछि चुक्तापुँजी ३० करोड ९१ लाख रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्तापँजी २५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
कात्तिक २७ गतेसम्म सेयरमा लगानी गर्नेले बैंकको सेयरमा आवेदन दिन सक्ने छन। गत आर्थिक बर्षको अन्त्यमा बैंकले सात करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ