काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ४९ हजार रुपैयाँ नजिक झरेको छ । विहिबार सुन ५ सय रुपैयाँ सस्तो भई प्रतितोला ४९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्टिय बजारमा लगानीकर्ताहरु सुन छाडेर डलरतर्फ लागेकाले सुनको भाउ निरन्तर घटेको छ । सुनको भाउ आगाडी डिसेम्बरसम्म घट्ने र त्यसले नेपाली बजारमा पनि प्रतितोला ४५ हजार भन्दा कम हुन सक्ने सम्भावना रहेको छ ।
यसैगरी चाँदीको भाउ पनि घटेर ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया