वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा सामान्य सुधार, विमा संस्थानमा लगानीकर्ताको आकर्षण

अर्थटुडे
२०७१ कार्तिक २०, बिहीबार

काठमाडौं । कारोबारको अन्तिम दिन विहिबार नेप्से परिसुचक सामान्य बृद्धि भएको छ । यस दिन नेप्से ०.२५ अंकले कमी आई ९०४.९२ अंकमा अडिएको छ । १० दिनपछि बुधबार ७.२१ अंकले उकालो लागेको नेप्से विहिबार सामान्य मात्र बृद्धि भएका छ ।nepal stock exchange

यस दिन लगानीकर्ताहरु होटल र हाइड्रो पावर समूहमा केही आकर्षित भएको देखिएपनि अन्य समूहमा भने लगानीकर्ताहरुको रुचि देखिएन । यस दिन सवैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको कारोबार भयो  भने राष्ट्रिय विमा संस्थानको सेयर मुल्य १७६ रुपैयाँले  बढ्यो ।

यस दिन नेपाल लाइफ इन्सुरेन्सकोमात्र १ करोड ९७ लाख बराबरको सेयर कारोबार भयो । यस दिन एक करोड भन्दा बढीको कारोबार गर्ने कम्पनीहरुमा नविल बैंक,चिलिमे हाइड्रोपावर, युनिलिभर नेपाल, नविल बैंक लिमिटेड प्रमोटर सेयर र नेसनल लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

यस दिन २२ करोड रुपैयाँ बराबरको चार लाख ७२ हजार कित्ता सेयर खरिद विक्रि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ