वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय वाणिज्य बैंकले तोक्यो कार्यालय पोशाक, हप्तामा दुइ दिन दौरा सुरुवाल कोट तथा सारी अनिवार्य

अर्थटुडे
२०७१ कार्तिक २०, बिहीबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दौरा सुरुवाल कोट तथा सारीलाई कार्यालय पोशाक तोकेको छ । बैंकका उच्च पदमा रहेका परुष कर्मचारीले हप्तामा दुई दिन अनिवार्य रुपमा दौरा सुरुवाल, कोट, टोपी र महिला कर्मचारीले सारी, चोलो, स्वेटर वा कोट लगाउनु पर्ने व्यवस्था गरिएको छ।Rbb-300x199
बैंकले विहिबार विज्ञप्ति जारी गरी अहिलेलाई बैंकको उच्च पदमा रहेका प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रवन्धकदेखि मुख्य प्रवन्धकसम्मका कर्मचारीले बुधबार र विहिबार यस्तो कपडा अनिवार्य रुपमा लगाउनु पर्नेछ। अन्य कर्मचारीहरुले भने पहिलेकै पोशाक लगाउन पाउने छन् विज्ञप्तिमा भनिएको छ ।
यस प्रावधानबाट स्वदेशी उद्यम प्रवर्ध्दनमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ