वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“एयरबस” आगामी माघ सम्ममा नेपाल भित्र्ने, ९० प्रतिशत काम सकिएको कम्पनीको दावी

अर्थटुडे
२०७१ कार्तिक २०, बिहीबार

काठमाडौं । नेपाल वायु सेवा निगमले खरिद गर्न लागेको एयरबस कम्पनीका दुइ जहाजको ९० प्रतिशत काम सकिसकेको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरवसले विहिबार पत्रकार सम्मेलन गरी आगामी माघको १५ सम्ममा पहिलो जहाज नेपालमा पठाइ सकिने जानकारी दिएको छ ।nepal-airlines

एयरबस ए३२०–२०० न्यारोवडी जहाजका पार्ट्स तथा बडीहरु बेलायत, फ्रान्स, जर्मनी र स्पेनका उत्पादन कम्पनीमा भइरहेको कम्पनीले जनाएको छ।
एयरबस कम्पनीका मिडिया संयोजक जस्टिन डुवोनका अनुसार सन् २०१५ को पहिलो त्रैमासिक भित्रमा एयरबस ए३२०–२०० विमान नेपाल पठाईसकिने छ भने अर्को छ महिनाभित्र हस्तान्तरण गरिने ।

उनले एयरबसमा प्रयोग भएको प्रविधि अत्याधुनिक रहेको बताउँदै सबै कम्प्युटर प्रणालीबाट चल्ने भएकोले यो जहाज बढी सुरक्षित र भररपर्दो रहेको उनले बताए । निगमले लिन लागेको यो जहाजले तेल समेत कम खाने उनले जानकारी दिएका छन् ।

नेपाल वायुसेवा निगमले डेढ वर्ष अगाडी युरोपियन एयरवस कम्पनीसँग दुई जहाज खरिद गर्ने सम्झौता गरेको थियो । खरिद गरिने दुवै ए ३२०–२०० विमान १ सय ५० सिट क्षमताका रहने छन ।

हाल निगमले अर्न्तराष्ट्रिय उडानको लागि निगमले बोइङ–७५७ ले उडान भर्दै आएको छ। एयरबसका दुई जहाज नेपाल भित्रिएपछि निगमका चार वटा जहाजले अर्न्तराष्ट्रिय उडान भर्ने छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ