वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नविल बैंकको नाफा बढ्यो

अर्थटुडे
२०७१ कार्तिक २१, शुक्रबार

काठमाडौं । नविल बैंकले आर्थिक वर्ष २०७१\०७२ को असोजसम्म ५० करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको खुद व्याज आम्दानी वृद्धी भएपछि नाफा बढेको हो । बैंकले गत आवको यसै अवधिमा ४५ करोड ७८ लाख रुपैयाँ नाफा गरेको छ ।

nabil bank

०७१ असोजसम्ममा बैंकले खुद व्याज आम्दानी ७२ करोड ५४ लाख, विदेशी मुद्रा विनिमयबाट ११ करोड ७५ लाख, कमिसनबाट १२ करोड ६५ लाख र अन्य क्षेत्रबाट ७ करोड ८२ लाख कमाएको छ ।

बैंकले शुक्रबार प्रकाशित गरेको प्रथम त्रैमासिकको वित्तीय विवरण अनुसार यसअवधिसम्ममा बैंकले ८० अर्व ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्व ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ