वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अख्तियारद्धारा थप ५१ लाख रुपैयाँसहित भन्सारकै अर्का नायव सुव्वा सुरेस थपलिया पक्राउ

अर्थटुडे
२०७१ कार्तिक २२, शनिबार

काठमाडौं । अख्तियारले घुस लिदा लिदै शुक्रबार पक्राउ गरेको नायव सुव्वा हरिवंश कार्कीकी श्रीमतिले पोल खोलेपछि अर्का नायव सुव्वा सुरेश थपलिया पनि पक्राउ परेका छन् ।download आफ्नो श्रीमान् कार्की पक्राउ परेपछि श्रीमति लक्ष्मी लम्साल कार्कीले सुमन कार्किको पनि पोल अख्तियार सामु थपलियको पनि पोल खोलेकी थिईन् । भन्सारकै नायव सुव्वा रहेका थपलियाबाट अख्तियारको टोलीले ५१ लाख रुपैयाँ समेत बरामद गरेको छ ।
अख्तियारले कार्कीकी श्रीमति लक्ष्मीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेपछि लक्ष्मीले बाँकी ५१ लाख रुपैयाँ सुरेस सरको घरमा रहेको बताएकी थिईन् । सोही जानकारीको आधारमा अख्तियारले थपलियालाई बाँकी ५१ लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।

सुन तस्करी काण्डका भारतीय अभियुक्तलाई छोड्ने योजनासहित चलेको घुसखोरीमा करिव ७२ लाख रुपैयाँ सहित ६ जना पक्राउ परेका छन् ।
अख्तियार टोलीले शुक्रवार साँझ नासु कार्कीसहित दुई भन्सार एजेन्ट र एक सवारीचालकलाई २१ लाख रुपैयाँ घूससहित पक्राउ गरेको थियो ।

थप केही व्यक्तिमाथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ । घूस लिने क्रममा प्रयोग भएको बा ६ च ७८७४ नम्बरको सरकारी स्कोर्पियो गाडी र एजेन्टहरुले प्रयोग गरेको बा १० च ४०७५ नम्बरको गाडी टोलीले बरामद गरेको थियो । सवारी चालक पुरुषोत्तम थापालाई पनि अख्तियारले हिरासतमा लिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ