वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भन्सार सम्बन्धि नीतिहरु पुनरावलोकन हुने

अर्थटुडे
२०७१ कार्तिक २२, शनिबार

काठमाडौं । सरकारले भन्सार सम्बन्धि नीतिलाई पुनरावलोकन गर्ने भएको छ । लामो समयदेखि भन्सारसँग सम्बन्ध राख्ने नीतिहरु एउटै प्रकृतिको भएकोले भन्सार नीतिमा पुनरावलोकन हुने भएको हो ।news photo 22 nagarkot

राष्ट्रिय व्यापार संघद्धारा शनिबार नगरकोटमा आयोजित व्यबसायमा आर्थिक नीतिले परेको प्रभाव विषयक बृहत भेलामा प्रधानमन्त्रीका मूख्य आर्थिक सल्लाहकार डा.चिरञ्जीवी नेपालले सरकारले करको दायरा पनि बढाउन लागेको बताए ।

उनले घरभाडा, मेनपावर, मझौला एवं ससाना व्यबसायमा करको दायरा बृद्धि हुने बताए । उनले अस्थीर सरकारका कारण आर्थिक नीतिमा कठीनाई उयत्पन्न भएको बताउँदै जुनसुकै सरकार आए पनि आर्थिक नीति एउटै हुनुपर्नेमा जोड दिए ।
दोस्रो संविधानसभाको नीर्वाचनपछि मुलुकमा लगानीको वातावरण बनेको उल्लेख गर्दै उनले व्यबसायको प्रकृति अनुसार सरकारले अब हरेक व्यबसायलाई करको दायरामा ल्याउने पनि बताए ।

कार्यक्रममा पूर्व अर्थसचिव एवं प्रशाशनिक सुधार आयोगका संयोजक कृष्णहरी बाँस्कोटाले कर नघट्नेगरी भन्सार नीतिमा पुनरावलोकन गर्न सकिने बताए । उनले सरकारले आर्थिकमा उदार नीति विस्तार गरीरहेको बताउँदै भन्सारको दरमा विस्तारै सहजीकरण अपनाउँदै गएको पनि बताए ।

उनले व्यबसाय गर्नेले स्वच्छ तवरबाट नगर्दा कैंयौं समस्याहरु आएको बताउँदै राज्यले करको बृद्धि नभइ करको दायरा बढाउनुपर्नेमा जोड दिए । त्यसैगरी अर्थमन्त्रालयका सहसचिव मधुसुदन पोख्रेलले मन्त्रालयले आर्थिक क्षेत्रको दायरा वढाउँदै गएको बताए ।

उनले सरकारी नीति र पोलीसीका आधारमा लगानीकर्ताको आकर्षण बढ्ने भएकाले आर्थिक क्षेत्रमा स्थायी नीतिको खाँचो रहेको बताए । भन्सार विभागका निर्देशक सूर्य सेढाइले भन्सार सम्बन्धि केही नीतिहरु पुराना भएको स्वीकार गर्दै त्यसमा पनि पुनरावलोकन भइरहेको बताए ।

कार्यक्रममा राजश्व अनुसन्धान विभागका निर्देशक कमल बहादुर राजलवटले व्यापारीहरुले बीच बाटोमै सामान हेरफेर गर्ने भएका कारण भन्सारबाट छुटीसकेका सामान फेरि चेकिङ गर्नुपरेको बताए ।

कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डीत क्षेत्रीले न्यून विजकीकरणका कारण व्यापारीहरु मारमा परेको बताए । सभाले खुल्ला सिमानाका कारण नेपालको व्यापारमा परको प्रभावका बारे नगरकोट घोषणापत्र जारी गरेको छ ।

उक्त घोषणापत्रमा भन्सार मूल्याङकनमा बस्तु इकाइ पहिचानमा सुधार गर्नुपर्ने, व्यबसायीहरुले बास्तविक आय देखाउने वातावरणको सिर्जना गर्ने लगायतका कुराहरु समेटिएको छ । कार्यक्रममा नयाँ वानेश्वर व्यापार संघ, गणतान्त्रिक व्यापार संघ, कोटेश्वर व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ लगायतका विभिन्न संघसंस्थाहरुले एक्यबद्धता जारी गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ