वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर धितो कर्जा दिने बैंक तथा वित्तीय संस्थाले पनि हितग्राही खाता खोल्नुपर्ने

अर्थटुडे
२०७१ कार्तिक २३, आईतवार

काठमाडौं । सेयर धितोमा कर्जा लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाले पनि अनिवार्य रुपमा हितग्राही खाता (डिम्याट एकाउन्ट) खोल्नुपर्ने भएको छ । केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) प्रणाली कार्यान्वयनमा आएपछि सेयर धितो लिनका लागि डिम्याट एकाउन्ट आवश्यक पर्नेभएकाले बैंकहरुका लागि खाता आवश्यक हुन्छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा भौतिक सेयर धितोमा मात्र कर्जा दिन पाउने व्यवस्थालाई परिवर्तन गर्न सीडीएस एण्ड क्लियरिङ लिखित आग्रह गरेको छ ।

cdsc_demat
सीडीएस एण्ड क्लियरिङले नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एसोशिएसनसँग छलफल गरी अभौतिक सेयर धितो कर्जा प्रवाहका लागि ८ बुँदे कार्यविधि बनाएको छ । उक्त कार्यविधि सुधारका लागि राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

सीडीएसको अन्यौलले सेयर बजार प्रभावित हुन थालेपछि बैंकर्सहरुले स्पष्ट गर्न आग्रह गरेका हुन् ।

कार्यविधिको मस्यौदामा विटी लोन प्रवाहमा धितो लिने र दिनै दुवैको अनिवार्य रुपमा हितग्राही खाता हुनुपर्नेलगायतका व्यवस्था रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ