वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको पहिलो दिन नै ९.५ अंकले घट्यो नेप्से, लगानीकर्ता निरास

अर्थटुडे
२०७१ कार्तिक २३, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार बजार खुलेदेखि नै लगातार रुपमा घटीरहेको नेप्से परिसुचक बजार बन्द हुदा सम्म ९.५ अंकले घटेर ८९५ अंकमा आइपुगेको छ । यस दिन फाइनान्स समूहको परिसुचक २.०३ अंकले बढेको छ भने अन्य समूहगत परिसुचक घटेको छ ।Share-Market

गत मंगलबार ८९७ अंकमा पुगेर नेप्से बढेको थियो । अहिले बैंकिङमा बढि चाप परेको छ, १९ प्रतिशत संस्थापक सेयर सर्वसाधरणमा परिणत गरेका बैंकहरुको सेयर बिक्री चाप बढि छ, यसले पनि बजार घटाएको सेयरबजार विश्लेषकहरुको दावी रहेको छ । यस दिन सवैभन्दा बढी गुमाउने कम्पनीमा साइन रेसुङगा डेभलपमेन्ट बैंक रहेको छ । कारोबारको आधारमा माछापुच्र्छे बैंक अग्रस्थनमा रह्यो ।
सो बैंकले एकैदिन २ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । बजारमा कारोबारमा आएका एक सय २६ कम्पनी मध्ये २६ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ । यसैगरी यस दिन २२ वटा बाणिज्य बैंकहरुको सेयर मुल्य घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ