वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्भेष्टमेन्ट बैंकले कमायो ४९ करोड, एनआइसी एसिया पनि १५ करोड नाफामा

अर्थटुडे
२०७१ कार्तिक २३, आईतवार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल ईन्भेष्टमेन्ट बैंक र एनआईसी एसिया दुवै नाफामा रहेका छन् । दुवै बैंकले आईतबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तिय विवरण अनुसार ति बैंकहरुको नाफा ६ प्रतिशतका दरलेबढेको छ ।Nepal-Investment-Bankनेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा सो बैंकले ४६ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७४ अर्व ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा ५.३३ प्रतिशतले बढी हो । त्यसैगरी बैंंकको कर्जा ५९ अर्व ८१ करो पुगेको छ । यो पनि अघिल्लो वर्षको सोही अवधिको तुनामा १९ प्रतिशतले बढी हो ।

त्यसैगरी एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।nic asia

बैंकले यसअघि संभावित जोखिम व्यवस्थापाबप छुट्याएको १ करोड ९७ लाख रुपैयाँ फिर्ता ल्याएको छ । यसले पनि नाफा बढ्न सहयोग पुर्याएको हो ।
बैंकको निक्षेप २३.८५ प्रतिशतले बढेर ४६ अर्ब ८८ करोड रुपैयाँ भएको छ ।

बैंकको कर्जा भने करिब १७.८० प्रतिशतले बढेर ३७ अर्ब ४६ करोड पुगेको छ । बैंकको घरजग्गामा लगानी २.५३ प्रतिशतले बढेको छ र यो कुल कर्जाको ७.५५ प्रतिशत हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ