वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तीन महिनामै म्यानपावरले १६ करोड ठगे, बैंकिङ प्रणालीबाट रकम लिन निर्देशन

अर्थटुडे
२०७१ कार्तिक २३, आईतवार

काठमाडौं । २०७१ असोजसम्ममा वैदेशिक रोजगारीमा लैजाने म्यानपावरहरुले १६ करोड १३ लाख ८८ हजार रुपैयाँ ठगी गरेका छन् । आईतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्र्रम समितिमा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले ३२२ वटा व्यक्तिगत र ४७८ वटा संस्थागत ठगीको उजुरी परेको जानकारी दिए । manpowerविभागमा परेका उजुरीमध्ये संस्थागत १ सय १६ को फरफारक गरिएको, ४२ वटा मुद्धा दर्ता भएको, ३५ वटा म्यानपावरको कारोबार रोक्का गरिएको शिवाकोटीले बताए । आईतबारको छलफलपछि समितिले बैदेशिक रोजगारीमा जाने कामदारसँग बैदेशिक रोजगार कम्पनीले लिने रकम बैकिङ प्रणालीमार्फत लिन निर्देशन दिएको छ ।

बैठकमा सभासद्हरूले वैदेशिक रोजगारीको क्रममा वैदेशिक रोजगार व्यवसायीले तोकिएकोभन्दा बढी रकम लिने गरेको तथा लिएको रकमको रसिद नदिने गरेको गुनासो आएको भन्दै समितिमा ध्यानाकर्षण गराएपछि बैंकिङ प्रणालीमार्फत कारोबार गर्न निर्देशन दिने निर्णय गरेको हो।

बैठकले वैदेशिक रोजगारीका लागि व्यवसायीले खटाउने ुएजेन्टुहरूको अनुमतिपत्र बनाई सोको विवरण समितिमा पठाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ।

वैदेशिक रोजगारीमा बढीरहेको ठगीलाई नियन्त्रण गर्न, ठगी सम्बन्धी उजुरी दिनेलाई प्रोत्साहन दिन र ठगी सम्बन्धी उजुरीको छिटो छानवीन गरी टुङ्ग्याई सो सम्बन्धी प्रगति विवरण नियमित रूपमा समितिलाई उपलब्ध गराउन समेत बैठकले विभागलाई निर्देशन दिएको सभापति प्रभु साहले जानकारी दिए।

सबै वैदेशिक रोजगार कम्पनीको इजाजतपत्र प्राप्त सम्बन्धी कागजपत्र, उनीहरूको एजेण्ट, म्यानपावरको शाखा, उनीहरूले पठाएको कामदारको विवरण, कामदारसँग लिएको रकमको रसिदलगायतका विवरण वैदेशिक रोजगार विभागले लिई सो विवरणको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देशन दिएको छ।

विभिन्न मुलुकमा अलपत्र अवस्थामा परेका शवहरू यथाशक्य चाँडो नेपाल ल्याई परिवारको जिम्मा लगाउनसमेत समितिले निर्देशन दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ