वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एटीएम ठगी काण्डमा हिमालयन बैंकको पक्षमा फैसल्ला

अर्थटुडे
२०७१ कार्तिक २४, सोमबार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले एटीएम काण्डको विषयमा हिमालयन बैंकको पक्षमा फैसल्ला गरेको छ । तीन वर्षअघि बैंकको आईटी विभागमा कार्यरत अनीश भट्ट सुवालले ६ करोड हिनामिना गरी फरार भएका थिए । त्यसपछि बैंकले उनको नयाँ बानेश्वरमा रहेको घरजग्गा रोक्का गरेको थियो ।

himalayan-bank-limited-job-vacancyबैंकले गैरकानुनी रुमा घरजग्गा रोक्का गरेको भन्दै सुवालको बाबु, आमा र श्रीमतिले काठमाडौं जिल्ला अदालतमा बैंक विरुद्ध मुद्दा दायर गरेका थिए । आईतबार न्यायाधिश अच्युत विष्टको एकल इजलासले मुद्दाको सुनुवाई गर्दै अदालतले बैंकको पक्षमा फैसल्ला गरेको हो ।

बैंकले सुवाललाई बैंकिङ कसुर अनुसार कारवाही गरि विगो असुल गर्न प्रहरीमा उजुरी दिएको छ । सुवाल हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ