वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोहोरो अंकले घट्यो नेप्से,विमा जलविद्युत बैकिङ र अन्य समूहको परिसुचक उच्च अंकले घट्यो

अर्थटुडे
२०७१ कार्तिक २४, सोमबार

काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । यस दिन नेप्से १०.६७ अंकले घटेर ८८४.७४ अंकमा अडिएको छ । होटल समूह बाहेक अन्य सवै समूहगत परिसुचकहरु पनि यस दिन घटेको छ । साshareताको पहिलो दिन आइतबार पनि ९.५१ अंकले नेप्से घटेको थियो ।

राजनीतिक अन्यौल र अफ सिजन शुरु भएको विश्लेषण लगानीकर्ता तथा विश्लेषकहरुले गर्न थालेका छन। बीमा, जलविद्युत्, बैंकिङ र अन्य समूहको परिसूचक उच्च अंकले घटेको छ। यस दिन सवैभन्दा धेरै विमा समूहको परिसुचक सवैभन्दा धेरै ५०.६१ अंकले घटेको छ ।

यस दिन कारोबारको आधारमा नविल बैंकको प्रमोटर सेयर अग्रस्थानमा रह्यो भने नविल बैंकको प्रमोटर सेयर २ करोड रुपैयाँ बराबरको कारोबार भयो । सोमाबार २१ करोड रुपैयाँ बराबरको ४ लाख ७९ हजार कित्ता किनवेच भयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ