वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केन्द्रिय बैंकले फेरी बजारबाट तरलता खिच्दै, एक अर्व ७५ करोडको ट्रेजरी विल जारी

अर्थटुडे
२०७१ कार्तिक २४, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाबाट पुनः तरलता खिच्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तिय संस्थामा तरलता बढी भएकोले तरलता खिच्न फेरी तीन खाले ट्रेजरी विल जारी गरेको हो । nepal rastra bankकेन्द्रिय बैंकले तरलता खिच्नको लागि २८ दिने ९१ दिने र एक वर्षको लागि कुल एक अर्व ७५ करोड रुपैयाँ बराबरको आवेदन आव्हान गरेका छ । बैंकले २८ दिने अवधिको लागि ५० करोड रुपैयाँ, ९१ दिने ट्रेजरीका लागि ८५ करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि ४० करोड रुपैयाँको आबेदन आब्हान गरेको छ ।

यसअघि जारी गरिएको ट्रेजरीमा ९१ दिने अवधिको ५० करोड रकमका लागि ३ अर्ब १४ करोड र २ अर्बका लागि ६ अर्ब ९ करोड रकम राख्ने आबेदन परेको थियो । गत कार्तिक १८ गते जारी गरिएको अघिल्लो ट्रेजरीको ९१ दिनका लागि ०,४ देखि ०,४९ प्रतिशतसम्म र ३ सय ६४ दिने ट्रेजरीका लागि ०।७५ देखि ०।९७ सम्मको बार्षिक ब्याज दर तय भएको थियो । यसमा १४ बैंक तथा बित्तीय संस्थाहरुले ६२ वटा आबेदन पेश गरेकोमा १२ बटा संस्थाको ४४ वटा आबेदन स्वीकृत भएको थियो ।

केन्द्रिय बैंकले यस वर्षमात्रै बैंक तथा वित्तिय संस्थाको तरलता ६ पटक खिचिसकेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हाल बैंक तथा बित्तीय संस्थाहरुमा १४८३ अर्ब निक्षेप छ भने ११६४ अर्ब मात्र कर्जा प्रबाह भएको छ ।

केन्द्रिय बैंकले यसरी जारी गरेको ट्रेजरी खरिद गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई फाइदा हुन्छ । यदी कर्जाको माग नहुदा केन्द्रिय बैंकमा रकम राखेर व्याज पनि आउँछ भने आफूले भनेको समयमा अन्त लगानी गर्नका लागि पनि सो रकम झिक्न पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ