वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोरखाको आर्खेतमा सिभिल बैंकको शाखा रहित सेवा सुरु

अर्थटुडे
२०७१ कार्तिक २५, मंगलवार

काठमाडौं । सेवाको पहुँच ग्रामीण क्षेत्रसम्म पुर्याउने उदेश्यले सिभिल बैंकले गोरखाको आर्खेतमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । सो स्थानमा शाखा रहित बैकिङ सेवा स्थानिय धमला ट्रेडर्सले गर्ने भएको छ । civilसिभिल बैंकको शाखा रहित बैकिङ सेवाले सो भेगका बासिन्दामा वित्तिय साक्षरता र वित्तिय पहुँच पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सो सेवाको उद्घाटन बैंकका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङले गरेका छन् ।

आर्खेतको शाखा रहित सेवाको विस्तारले यस भेगका व्यवसायी, निक्षेपकर्तालगायत सर्वसाधारणलाई सेवा पुर्याउने बैंकका वरिष्ठ कार्यकारी अधिकृत गुरुङ्गले बताए। बैंकको यस सेवा अन्तर्गत ग्राहकहरुले सुरक्षित रुपमा रकम झिक्ने तथा जम्मा गर्ने, एक खाताबाट अर्को खातामा रकम स्थानान्तरण गर्ने, मोवाईल फोन रिचार्ज गर्ने, एटिएम कार्ड, रेमिटेन्स सुविधा लिन पाउने छन्।
त्यस्तै मोवाईलमै नगद सुविधा, एसएमएस एलर्ट, आफ्नो खाताको व्यालेन्स हेर्ने तथा पछिल्लो कारोवारहरुको स्टेटमेण्ट प्रिन्ट गर्ने जस्ता सुविधाहरु लिन सक्ने छन्। साथै सोहि स्थानहरुमा बैंकका कर्मचारीहरु परिचालन गरी साना तथा घरेलु उद्योग र कृषि व्यवसाय गर्न चाहनेलाई सहजै लघु कर्जाको व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ