वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन प्रतितोला ८ सय सस्तियो, चाँदी पनि १० रुपैयाँ घट्यो

अर्थटुडे
२०७१ कार्तिक २५, मंगलवार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ८ सय सस्तो भएको छ । सोमबार ५० हजार ३ सय रुपैयाँ कायम रहेको सुन मंगलबार घटेर ४९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको goldछ । यसैगरी चाँदीको भाउ पनि १० रुपैयाँ घटेर प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सस्तो भएपछि नेपालमा पनि सुनको भाउ घटेको हो । महासंघले एक महिनाभित्र सुन प्रतितोला ४५ हजारसम्म झर्ने आकंलन गरेको छ ।

अघिल्लो सातादेखि ओरालो लाग्दै गत सुनको भाउ शुक्रबार प्रतितोला ४९ हजार रुपैयाँसम्म झरेको थियो । आईतबार भने एक्कासी उकालो लागेपनि नेपालमा पनि सुन १ हजार ५ सय महंगो भएको थियो ।

सोमबारबाट भने सुन पुन घट्न थालेको हो । सोमबार पनि नेपाली बजारमा सुन २ सय रुपैयाँ सस्तो भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ