काठमाडौं । नेपाली बजारमा बुधबार सुन ५ सय रुपैयाँ महंगो भएको छ । मंगलबार ८ सय घटेर ४९ हजार ५ सयमा झरेको सुन बुधबार फेरी बढेर प्रतितोला ५० हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
यसैगरी चाँदीको भाउ भने स्थिर रही प्रतितोला ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रि बजारमा सुनको भाउ तिव्र रुपमा अस्थिर भएपनि विश्वव्यापी रुपमा सुनको भाउ उतारचढाव भइरहेको छ ।
प्रतिक्रिया