वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वालम्बन लघुवित्त विकास बैंकको नाफा १५३ % बढ्यो

अर्थटुडे
२०७१ कार्तिक २६, बुधबार

काठमाडौं । आर्थिक वर्ष २०७१\०७२ को असोजसम्ममा स्वालम्बन लघुवित्त विकास बैंकको नाफा १ सय ५३ प्रतिशतले बढेको छ  । गत आवको यसै अवधिमा २ करोड १ लाख रुपैयाँ नाफा गरेको बैंकले यस वर्ष भने ५ करोड ८ लाख नाफा गरेको छ ।

swabalamban bank
बैंकले बुधबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार र्बैकको ०७१ असोजसम्ममा निक्षेप ३५ र कर्जा ४० प्रतिशत, ब्याज आम्दानी ६२ प्रतिशत र संचालन नाफा १ सय ५५ प्रतिशतले बढेको छ ।

नबिल बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको अधिकांश सेयर स्वामित्व रहेको यस लघुवित्त बिकास बैंकले गत बर्षको खुद नाफाबाट अहिलेसम्म लाभांश घोषणा गरेको छैन् । देशभरि लघुवित्तको कारोबार गरिरहेको सो बैंकले गत आर्थिक बर्षमा १८ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ