वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एक्सप्रेस फाइनान्समा नयाँ संचालक

अर्थटुडे
२०७१ कार्तिक २६, बुधबार

काठमाडौं । नेपाल एक्सप्रेस फाइनान्सको साधारणसभाले संस्थापक शेयरधनीबाट सन्तोष नारायण श्रेष्ठ, गिरिराज पाठक र सुमित श्रेष्ठलाई संचालक nepal-expr_1367300129पदमा निर्विरोध चयन गरेको छ । सभाले आर्थिक वर्ष २०७०\७१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै ३५.७९ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांसमध्ये ३४ प्रतिशत बोनश सेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ १.७९ प्रतिशत नगद लाभाशं रहेको छ ।

फाईनान्सले गत आवमा १ अर्व ६ करोड निक्षेप संकलन, ८३ करोड ८९ लाख कर्जा लगानी गरी ८ करोड ७९ लाख खुद नाफा कमाएको छ । कम्पनीले काठमाडौं सुन्धारास्थित प्रधान कार्यालयका साथै बुटवल, पोखरा र अरुणखोलास्थित शाखा कार्यालय र वालिङ्ग बजार, स्याङ्गजा विस्तारित कार्यालयबाट सेवा दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ