वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाणिज्य बैंकहरुको रियलस्टेट कर्जा अझै उच्च, कसको कति लगानी ?

अर्थटुडे
२०७१ कार्तिक २७, बिहीबार

काठमाडौं । वाणिज्य बैंकहरुमा रियलस्टेट (घरजग्गा) कर्जा अझै उच्च रहेको छ । सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म झण्डै १४ वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेकोमा धेरैजसोको रियलस्टेट कर्जा उच्च देखिएको छ । राष्ट्र बैंकले कुल कर्जामा रियलस्टेट कर्जाको सीमा २५ प्रतिशतसम्ममा सीमित राख्नुपर्ने निर्देशन दिएको भए पनि केही वाणिज्य बैंकहरुले उक्त सीमा नाघेर रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेको देखिएको  आजको आर्थिक दैनिकमा खबर प्रकाशित छ । 

Real state loneचालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने एक दर्जन बैंकहरुले यो अवधिमा रियलस्टेट क्षेत्रमा मात्र २५ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिसकेका छन् । निक्षेप र कर्जाको बीचमा झण्डै छ प्रतिशतको ब्याजदर अन्तर रहेको नबिल बैंकले पहिलो त्रैमासिकमा रियलस्टेट क्षेत्रमा चार अर्ब ९२ करोड ६७ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको रियलस्टेट कर्जा बढेका कारण सो बैंकमा पछिल्लो अवधिमा औसत निष्क्रिय कर्जा र सम्भावित जोखिम व्यवस्थापन रकम बढेको छ । पहिलो त्रैमासिकमा कुल कर्जा ५९ अर्ब ८१ करोड ८१ लाख १९ हजार रुपैयाँ रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले रियलस्टेट क्षेत्रमा चार अर्ब ४८ करोड ३३ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सिद्धार्थ बैंकले पनि पहिलो त्रैमासिकमा तीन अर्ब २९ करोड ५३ लाख २० हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा प्रवाह गरेको छ । कुल २९ अर्ब एक करोड ९१ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको सिद्धार्थले गत आवको सोही रियलस्टेट क्षेत्रमा तीन अर्ब ७१ करोड छ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।



भारतको स्टेट बैंकसमेतको साझेदारीमा सञ्चालनमा रहेको नेपाल एसबिआई बैंकले पहिलो त्रैमासिकमा एक अर्ब ७२ करोड ५२ लाख ५१ हजार रुपैयाँ कर्जा रियलस्टेट क्षेत्रमा प्रवाह गरेको छ । कुल कर्जाको पोर्टफोलियो ३७ अर्ब २१ करोड ११ लाख २७ हजार रुपैयाँ, बैंकले गत आवको सोही अवधिमा रियलस्टेट क्षेत्रमा एक अर्ब १६ करोड २९ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । चालू आवको पहिलो त्रैमासिकमा ४५ अर्ब ११ करोड ६४ लाख २६ हजार रुपैयाँ कर्जाको पोर्टफोलियो रहेको एभरेष्ट बैंकले रियलस्टेट क्षेत्रमा दुई अर्ब ६३ करोड ६५ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो कर्जा दुई अर्ब १५ करोड ७९ लाख ९९ हजार रुपैयाँ रहेको थियो । एनआईसी एसिया बैंकले पनि पहिलो त्रैमासिकमा दुई अर्ब ८२ करोड ८८ लाख आठ हजार रुपैयाँ कर्जा रियलस्टेट क्षेत्रमा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा उक्त क्षेत्रमा दुई अर्ब ७५ करोड ८९ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको चालू आवको पहिलो त्रैमासिकमा कुल कर्जाको पोर्टफोलियो ३७ अर्ब ४६ करोड ४७ लाख ३५ हजार रुपैयाँ रहेको छ । 


चालू आवको पहिलो त्रैमासिकमा कुल २४ अर्ब ९७ करोड २० लाख ४६ हजार रुपैयाँ रहेको सिटिजन्स इन्टरनेशनल बैंकको रियलस्टेट कर्जा दुई अर्ब ९४ करोड ५९ लाख ४२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकले सो क्षेत्रमा दुई अर्ब ६९ करोड ६७ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ग्लोबल आईएमई बैंकले भने पहिलो त्रैमासिकमा एक अर्ब ७३ करोड ३९ लाख ३० हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेको छ । चालू आवको असोज मसान्तसम्ममा ४५ अर्ब ५३ करोड ४७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले गत आवको सोही अवधिमा रियलस्टेट क्षेत्रमा एक अर्ब ९९ करोड ५० लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । कुल कर्जाको पोर्टफोलियो २९ अर्ब ५५ करोड ३६ लाख १४ हजार रुपैयाँ रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले पहिलो त्रैमासिकमा रियलस्टेट क्षेत्रमा एक अर्ब ४४ करोड चार लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो कर्जा एक अर्ब ४४ करोड ४० लाख ४३ हजार रुपैयाँ रहेको थियो । चालू आवको पहिलो त्रैमासिकमा लुम्बिनीले एक अर्ब ४५ करोड ६३ लाख आठ हजार, एनएमबीले एक अर्ब २८ करोड ९७ लाख ४८ हजार, बैंक अफ काठमाण्डूले ९६ करोड ५४ लाख ४१ हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेको छ । १७ अर्ब २५ करोड पाँच लाख ६६ हजार रुपैयाँको कर्जा पोर्टफोलियो रहेको जनता बैंकले चालू आवको पहिलो त्रैमासिकमा ९३ करोड ७७ लाख ७१ हजार रुपैयाँ रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह गरेको छ । ३० मध्ये एक दर्जनभन्दा बढी वाणिज्य बैंकहरुले भने हालसम्म पनि चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छैनन् । 

कुन बैंकको रियलस्टेट कर्जा कति ? 
क्र.सं.              बैंकको नाम                                   रियलस्टेट कर्जा (रु. हजारमा ) 
१                   नबिल बैंक                                          ४, ९२, ६७, ९५
२                  नेपाल इन्भेष्टमेन्ट बैंक                               ४, ४८, ३३, ५०
३                   सिद्धार्थ बैंक                                          ३, २९, ५३, २०
४                   एभरेष्ट बैंक                                          २, ६३, ६५, ७९
५                   एनआईसी एसिया                                   २, ८२, ८८, ०८
६                  सिटिजन्स बैंक                                       २, ९४, ५९, ४२
७                  ग्लोबल आईएमई                                    १, ७३, ३९, ३०
८                  लुम्बिनी बैंक                                         १, ४५, ६३, ०८
९                  एनएमबी बैंक                                        १, २८, ९७, ४८
१०                नेपाल एसबिआई                                     १, ७२, ५२, ५१
११                 स्ट्यान्डर्ड चार्टर्ड बैंक                                १, ४४, ०४, ९३
१२                 सानिमा बैंक                                         १, ०१, ०७, ८५
१३                 जनता बैंक                                           ९३, ७७, ७१
१४                 बैंक अफ काठमाण्डू                                  ९६, ५४, ५१      

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ