वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंमा जग्गाको भाउ प्रतिआना सात हजारदेखि ४० लाखसम्म

अर्थटुडे
२०७१ कार्तिक २८, शुक्रबार

काठमाडौं ।  सरकारले काठमाडौं उपत्यकामा जग्गाको बजार मूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्य तोकेको छ । जग्गाको प्रकृति र स्थान हेरी आनाको न्यूनतम ७ हजारदेखि ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । सरकारले साउनदेखि नै नयाँ मूल्याङ्कन गरे पनि बजारमा कारोबार भने तेब्बर मूल्यसम्म भइरहेको स्वयम् मालपोत प्रमुखहरु नै स्वीकार्छन् ।

नेपाल जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनीका अनुसार सरकारले अधिकतम ४० लाख रुपैयाँसम्म तोकेको स्थानमा अहिले पनि ७० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार भइरहेको छ ।

kathmandu valley

काठमाडौंको केशरमहलद्धारदेखि पश्चिम ठमेल मुल चोक हुँदै क्षेत्रपाटीचोकसम्म, हनुमानढोका जिल्ला प्रहरी कार्यालयपूर्व, सुरज आर्केड, इन्द्रचोक,  असन हुँदै भोटाहिटी चोक, जमल राष्ट्रिय नाचघरदेखि पूर्व विश्वज्योति हल, तीनधारा पाठशाला, महेन्द्र शालिकदेखि काठमाण्डु प्लाजा, माइतीघर सिंहदरबार पश्चिम गेट, पुतली सडक, कृष्ण पाउरोटी हात्तीसार, जयनेपाल, दरबारमार्ग, कमलादी, सुन्धारा, न्यूरोड, त्रिपुरेश्वरसम्मको मुल सडकमा जोडिएको जग्गाको मूल्य मूल्य प्रतिआना ४० लाख रुपैयाँसम्म तोकेको छ ।

सबैभन्दा कम मूल्य चावहिल मालपोत कार्यालयअन्तर्गतको नाङलेभारे गाविसमा सडक नभएको जग्गालाई प्रतिआना ७ हजार रुपैयाँ निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

यस्तै बागबजार, पूरानो बसपार्क, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मुलबाटोमा जोडिएको जग्गाको मूल्य प्रतिआना ३६ लाख रुपैयाँ निर्धारण गरिएको छ । न्यूरोड गेटलेखि महाबौद्ध ओटुमार्ग, रञ्जना मल, फसिकेर अवरपरको मूल्य आनाको ३२, लैनचौर चोकदेखि पानीपोखरी, टिचिङ हुँदै नारायण गोपाल चोकसम्म मुलबाटोमा जोडिएका जग्गा प्रतिआना ३० लाख रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ