वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल आइएमई बैंकले अस्ट्रेलियामा कार्यालय खोल्नका लागि पायो स्वीकृति

अर्थटुडे
२०७१ कार्तिक २८, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोवल आइएमई बैंकलाई अष्टे«लियामा सम्पर्क कार्यालय खोल्नका लागि अन्तिम स्वीकृति दिएको छ । बैंकले अस्टे«लियामा सम्पर्क कार्यालय खोलेपछि त्यहाँको व्यवसायीविच व्यापारिक तथा लगानी सम्बन्धी प्रबद्र्धनात्मक कार्यक्रम गर्ने बैंकद्धारा जारी विज्ञप्तमा जनाएको छ ।global-ime-bank

यसअघि ग्लोबल आइएमइले अष्टे्रलियाको नियमनकारी निकाय अस्ट्रेलियन प्रुडेन्सियल रेगुलेसन अथोरिटी ९एपिआरए० बाट कार्यालय खोल्न स्वीकृति पाइसकेको छ।

बैंकले अष्टे्रलिया पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपालसँगको अन्य बैंकिङ कारोबार गर्न पनि सहज हुने जनाएको छ ।

ग्लोबल आइएमई बैंकले अष्ट्रेलियाको अतिरिक्त अन्य मुलुकहरुमा पनि कार्यालय खोल्न राष्ट्र बैकबाट प्रारम्भीक सैद्धान्तिक स्वीकृति पाइसकेको छ। कार्यालयहरु स्थापना गर्न सम्वन्धित देशहरुवाट स्वीकृति लिने कार्यहरु भइरहेको बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ