काठमाडौं । नेपाल राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही (पिसिए) लागु गरेको ग्राण्ड बैंकका प्रमूख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले राजीनामा दिएका छन् । बैंकमा जिम्वेवारी सम्हालेको चार महिनामा नै कुँवरले राजीनामा दिएका हुन् ।
कुँवरको राजीनामा दुइ साता अघि नै बैंक सञ्चालक समितिले स्वीकृत गरेको भएपनि कात्तिक मसान्त सम्म भने आफू बैंक जाने कुँवरको भनाई छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफामा रहेको बैंक अन्तिम त्रैमासमा भने १ अर्व ४२ करोड ३६ लाख रुपैयाँ नोक्सामा छ ।
कुँवरले बैंकले निष्कृय कर्जाको लागि धेरै रकम प्राभिजिनिङ गर्नुपर्ने भएकोले पनि बैंक नोक्सानमा गएको बताएका थिए । सञ्चालकसँग मतभेद भएपछि सिइओ कुँवर बाहिरिएका हुन ।
प्रतिक्रिया