वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिलायवलले सेयर पुँजी बढाउने

अर्थटुडे
२०७१ कार्तिक २९, शनिबार

काठमाडौं । रिलायवल बचत तथा ऋण सहकारीले सेयरपुँजी बढाउने भएको छ । हाल १ करोड ११ लाख ४४ हजार पुँजी रहेको संस्थाले आगामी बर्ष पुँजी बढाएर १ करोड १५ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको सभासद एवं संस्थाकी कार्यकारी अध्यक्ष ओमदेवी मल्लले शनिबार सम्पन्न साधारणसभामा जानकारी दिइन् ।

reliable sahakari
संस्थाले आर्थिक वर्ष २०७०\०७१ मा ९ करोड १३ लाख रुपैयाँ बचत संकलन गरी ६ करोड.रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी चालु आर्थिक वर्षमा १० करोड ५० लाख निक्षेप संकलन गरी ८ करोड ५० लाख ऋण प्रवाह गर्ने प्रमूख लक्ष्य रहेको अध्यक्ष मल्लले बताइन् । उनले बैशाखदेखि संस्थाले आफ्नै भवनबाट कारोबार गर्ने पनि सो कार्यक्रममा जानकारी दिइन् ।

साधारणसभाले संस्थाको रिक्त संचालकहरुमा अस्मित श्रेष्ठ, सुष्मा मल्ल, सुनिता श्रेष्ठ र ईशारा गुरुङलाई निर्वाचित गरेको । यसैगरी लेखा समिति संयोजकमा मिलनवावु मल्ल चयन भएका छन् ।

संस्थाले तीन वर्षदेखि वेष्टर्न युनियन, आइएमईको रेमिट्यान्स सेवा दिदै आएकोमा अव प्रभु मनी टान्सफरको पनि सेवा प्रदान गर्ने जनाएको छ ।

सो साधारणसभामा बोल्दै सहकारी बैैंकका कार्यकारी सञ्चालक एवं संस्थाका लेखा संयोजक केवी उप्रेतिले संस्थाले आफ्ना सदस्यहरुलाई स्पष्ट रुपमा प्रत्येक कामकारबाहीको जानकारी दिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ