वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

फेवा फाइनान्सको ३० प्रतिशत लाभांस पारित

अर्थटुडे
२०७१ कार्तिक २९, शनिबार

पोखरा । पोखरामा केन्द्रिय कार्यालय रहेको फेवा फाइनान्सले ३० प्रतिशत लाभांस दिने भएको छ । शनिवबार सम्पन्न ब्राहौैं वार्षिक साधारणसभाले ३० प्रतिशत लाभांस दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
DSCN4959संस्थाले शेयरधनीहरुलाई २० प्रतिशत वोनस १०.०५ प्रतिशत नगद लाभांश (कर समायोजन सहित) वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । संस्थाले गत बर्ष पनि शेयरधनीहरुलाई नगद तथा वोनस शेयर गरी २१.०५ प्रतिशत लाभांस दिएको थियो । हाल चुक्तापूँजी ३३ करोड ३ लाख ३० हजार रहेको छ भने वोनसपछि ३९ करोड ६३ लाख ९६ हजार हुने छ ।

आ.व.०७०÷७१ को आषाढ मसान्त सम्ममा १४ करोड ६८ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको थियो भने निक्षेप तर्फ ३ अर्ब ९७ करोड र कर्जा तर्फ ३ अर्ब ३४ करोड प्रवाह गरी निष्कृय कर्जाको मात्र अत्यन्तै न्यून रहेको फाईनान्सले जनाएको छ । संस्थाले १३ वटा शाखाबाट सेवा दिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ