वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

 नेपाल बैंकले कमायो २६ करोड ९१ लाख, चुक्तापुँजी  ६ अर्व ४६ करोड 

अर्थटुडे
२०७१ कार्तिक २९, शनिबार

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यही अवधिमा २ करोड १४ लाख रुपैयाँ मात्र कमाएको थियो ।nepal bank

पहिलो त्रैमासमा मात्र बैंकले ३२ करोड रुपैयाँ सम्भावित नोक्सानीका लागि गरेको प्रोभिजन राइट व्याक गरेको छ । सोही कारणले बैंकले यस त्रैमासमा धेरै रकम नाफा गर्न सफल भएको हो ।

बैंकले शनबार प्रकाशित गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार गत वर्षको सोही अवधिमा बैंकले जम्मा ४ करोड रुपैयाँ मात्र राइट व्याक गरेको थियो । ६ अर्व ४६ करोड रुपैयाँ चुक्तापुँजी रहेको सो बैंकको एक वर्षमा ७ अर्व निक्षेप र ५ अर्व कर्जा बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ