वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउ फेरी महंगो, एकैदिन १२ सयले बढेर प्रतितोला ५१ हजारमा कारोबार

अर्थटुडे
२०७१ कार्तिक ३०, आईतवार

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरी महंगो भएको छ । गत शुक्रबारसम्म घटेर प्रतितोला ४९ हजार ८ सयमा झरेको सुन आईतबार एकैदिन १ हजार २ सय goldमहंगो भई तोलाको ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजार महंगो भएपछि त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन ३५ डलर महंगो भएको थियो । आईतबार अन्तर्राष्ट्रिय बजार बन्द हुने भएकाले महासंघले शुक्रबारकै भाउका आधारमा आईतबार नेपाली बजारभाउ निर्धारण गरेको हो ।

यसअघि कात्तिक १८ गते पनि सुनको भाउ प्रतितोला ४९ हजार ७ सय रुपैयाँसम्म झरेको थियो । सुनको भाउ अझै घटेर प्रतितोला ४५ हजारसम्म झर्ने अनुमान भइरहेका बेला फेरी बढेर २३ गते ५० हजार ५ सय पुगेको थियो ।

गत साता भने ओरालो लागेको बजार साताभरमा ५ सय रुपैयाँ सस्तो भएको थियो ।

सुनको मूल्य चार बर्षकै न्युन बिन्दुमा आएकोले इक्विटी ट्रेडेड फण्ड गोल्डको माग बढेकाले भाउ उकालो लागेको हो । यसैगरी युरोपियन समूह जीएलडीले पनि सुन खरिद बढाएकोले मूल्य बढेको महासंघका सल्लाहकार तेजरत्न शाक्यले जानकारी दिए ।

यसैगरी सुनको भाउलाई पछ्याउदै आईतबार चाँदी पनि बढेको छ । शुक्रबार प्रतितोला ६ सय ७५ रुपैयाँ कायम चाँदी आईतबार बढेर ७ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ