वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल स्टक एक्सचेन्जले ग्लोवल आईएमईसँग कारोबार गर्ने

अर्थटुडे
२०७१ कार्तिक ३०, आईतवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले अव ग्लोवल आईएमई बैंकसँग कारोबार गर्ने भएको छ । nepal stock exchangeअहिलेसम्म बैंक अफ काठमाडौंसँग कारोबार गरेपनि अवदेखि भने ग्लोवल आईएमईसँग कारोबार गर्ने भएको हो ।

आइतबार सार्वजनिक सुचना जारी गर्दै अवको ६० दिन भित्रमा ग्लोवल आईएमईसँग कारोबार गर्ने गरी तयार िगर्न सरोकारवालालाई आव्हान गरेको छ । सेयर सम्बन्धी रकमको कारोबारमा गंभिरता नदेखाएको आरोप भोग्दै आएको बैंक अफ काठमाडौं अन्तमा बाहिरिएको छ ।

उसले सेयर दलाललाई ४ प्रतिशत व्याज दिने गरेको थियो । नेप्सेसँग आबद्ध हुँदा अहिलेको शेयर बजारको अबस्था अनुसार दैनिक सरदर ३० करोड र बार्षिक ५० अर्ब रुपैयाँ बराबरको कारोबार बैंक अफ काठमाडौले गर्दै आएको थियो । नेप्सेको कारोबार गर्न नपाएपछि अब बैंक अफ काठमाडौको निक्षेप र दैनिक कारोबार रकममा पनि असर पर्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ