वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तपाईको गाडी नम्बर कति ? मंसिर ८ देखि १२ सम्म राजधानीमा सवारीसाधन जोर–बिजोरमा  चल्ने

अर्थटुडे
२०७१ मंसिर १, सोमबार

काठमाडौं । आसन्न सार्क शिखर सम्मेलनमा राजधानीका सडकमा जोर–बिजोरका आधारमा मात्र सवारी साधन चलाउन पाइने भएको छ । सम्मेलनमा सवारी व्यवस्थापनमा सहज बनाउनका लागि यस्तो नियम बनाउन लागेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

vehicalमहाशाखाका अनुसार मंसिर ८, १० र १२ गते राजधानीका सडकमा जोर नम्बर भएका सवारी साधनमात्र संचालन हुन पाउनेछन् । त्यसैगरी ९ र ११ गते विजोर नम्बर भएका सवारी साधन संचालन हुनेछन् ।

सवारी साधनका पछिल्ला दुई नम्बरका आधारमा जोर–बिजोर छुट्याइने महाशाखाले जनाएको छ ।

सार्क शिखर सम्मेलनका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।

मंसिर १० र ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा सार्क शिखर सम्मेलन हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ