काठमाडौं । सोमबार नेप्से परिसुचक करिव १८ अंकले घटेर ८४८ अंकमा अडिएको छ । आइतबार पनि नेप्से परिसुचक १४.८८ अंकले घटेको थियो । बजार यसरी ओरालो लाग्नुमा राजनीतिक अन्यौल, अभौतिक शेयरमा ऋण प्राप्त गर्ने प्रक्रिया तय नहुनु, लगानीकर्तामा आत्मविस्वासको कमी लगायतका कारणहरु रहेको सेयरबजार विश्लेषकहरुको भनाई रहेको छ । यस दिन सम्पुर्ण उपसुचकहरु पनि घटेका छन् ।
सबैभन्दा वढी जलविद्युत् ७८।५२ अंक, बिमा ५१।२३ अंकले घटेको छ। यसैगरी बैंकिङ सुचक १९।०६ अंकले घटेको छ भने होटल, विकास बैंक उत्पादनमूलक तथाअन्य सुचक १० अंक माथिले घटेको छ।
यस दिन १९ करोड ७५ लाख रुपैयाँको ५ लाख ६६ हजार कित्ता सेयर किनबेच भएको छ। यस दिन १२९ वटा कम्पनीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया