वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ शमसेर राणा भए सवैभन्दा बढी आयकर तिर्ने नागरिक, सवैभन्दा बढी भ्याट टेलिकमले तिर्यो

अर्थटुडे
२०७१ मंसिर १, सोमबार

काठमाडौं । सिप्रदी ट्रेनिङ प्रालिका अध्यक्ष सिद्धार्थ शमसेर राणाले आफ्नो पारिश्रमिकबाट सवैभन्दा बढी आयकर बुझाएका छन् । nepal telicome
सोमबार राजधानीमा तेस्रो कर दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागले राणालाई दोस्रो पटक व्यक्तिगत आम्दानीबाट सवैभन्दा बढी आयकर बुझाउने नागरिकको रुपमा सम्मान गरेको छ । उनले अघिल्लो वर्ष पनि सवैभन्दा बढी आयकर बुझाउने व्यक्तिका रुपमा राजस्व विभागबाट सम्मान थापेका थिए । त्यसैगरी राजस्व विभागले विभिन्न क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई पनि आयकर बुझाएकोमा सम्मान गरेको छ ।

सवैभन्दा बढी आयकर बुझाउने निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई पनि विभागले सम्मान गरेको छ । गत वर्ष नेपाल टेलिकमले यो सम्मान थापेको थियो । टेलिकम भने सवैभन्दा बढी मूल्य अभिबृद्धि कर (भ्याट) बुझाउने कम्पनीको रुपमा सम्मानित भएको छ ।

त्यस्तै वित्तिय सेवा तर्फ नविल बैंक सवैभन्दा बढी आयकर बुझाउने बैंक हो भने सिप्रदि ट्रेडिङ निर्यात व्यापार व्यवसायबाट सवैभन्दा बढी आयकर बुझाउने कम्पनीका रुपमा सम्मानित भएको छ ।Tax-days निर्यात व्यवसायबाट किरण सुज म्यानुफ्याक्चर प्रालि,होटल व्यवसायबाट सोल्टी होटल,लघुवित्त कम्पनीहरुमा छिमेकी लघुवित्त विकास बैंक, स्वास्थ सेवा तर्फ ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बढी आयकर बुझाउनेमा सम्मानित भएका छन् ।

त्यसैगरी उड्यन क्षेत्रबाट बुद्ध एयर सवैभन्दा बढी आयकर बुझाउनेमा सम्मानित भएको छ भने लेखापरिक्षणबाट सिएससी एण्ड कम्पनी, कानुन व्यवसायीबाट पायोनियर एसोसिएट्स, शिक्षा सेवाबाट काठमडौं मेडिकल कलेज सवैभन्दा बढी आयकर बुझाउने कम्पनी बनेको छ । त्यस्तै डाक्टरहरुमध्येबाट डा. भोला रिजाल सवैभन्दा बढी आयकर बुझाउनेमा सम्मानित भएका छन् ।

सो कार्यक्रममा त्रिशक्ति ट्रेड सेन्टर मूल्य अभिवृद्धि करमा उत्कृष्ट सहभागिता जनाएको भन्दै सम्मानित भएको छ । त्यस्तै, उद्योग वाणिज्य महासंघ, नेपाल बैंकर्स संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) कर संकलनमा सहयोग पुर्याएवापत सम्मानित भएका छन् ।

डा. रुपबहादुर खड्का उत्कृष्ट कर विज्ञ घोषित भएका छन् । उनी कर पुनरावलोकन आयोगका संयोजक समेत हुन् । अहिले यो आयोगले सरोकारवाला पक्षहरुसँग सुझाव संकलन तथा अध्ययन गरिरहेको छ ।

सो अवसरमा अर्थमन्त्री डा रामशरण महतले धेरै कर तिर्ने विभिन्न संस्थाहरुलाई सम्मान गरे । सो अवसरमा उनले वर्षेनि करको दायरा फराकिलो हुँदै गएका गएको जानकारी दिए । ‘२० वर्षअघि कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा करको योगदान ८ देखि ९ प्रतिशत मात्रै रहेको थियो, उनले भने हाल जीडीपीमा करको योगदान १७ प्रतिशत पुगेको छ ।

’अर्थमन्त्री महतले अर्थतन्त्र जति रुपान्तरित हुन्त प्रत्यक्ष कर त्यति बढ्दै जाने जानकारी दिए । करमा भएको वृद्धिका कारण वैदेशिक अनुदान माथिको परनिर्भरता घट्दै महतको भनाई थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ