वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सौर्य एयरलाइन्सले उडान थाल्यो, माउन्टेन फ्लाइटका लागि १० हजार ५० रुपैयाँ

अर्थटुडे
२०७१ मंसिर १, सोमबार

काठमाडौं । सौर्य एयरलाइन्सले सोमबारदेखि व्यवसायिक उडान सुरु गरेको छ । कम्पनीले विहान ६ बजेर ३० मिनेटमा माउन्टेन फ्लाइट गरेर व्यवसायिक उडान सुरु गरेको हो । sourya airबम्बार्डयर कम्पनीद्धारा निर्मित क्यानेडियन रिजनल जेट (टीआरजे २००) सिरिजको जेटबाट आधिकारिक उडान सुरु गरेको हो । कम्पनीले सोमबार नै दिउसो एक बजेर ४० मिनेटमा काठमाडौं–विराटनगर उड्ने तालिका बनाएपनि केही ढिला विराटनगरतर्फ उडेको थियो ।

सौर्यले विराटनगरपछि मंसिर पाँच गतेदेखि भैरहवामा पनि उडान सुरु गर्ने छ । एयरलाइन्सले हाल एउटा मात्रै माउन्टेन फ्लाइट गर्ने जनाए पनि एकहप्ताभित्र थप एउटा माउन्टेन फ्लाइट गर्ने बताएको छ । सौर्यले माउन्टेन फ्लाइटको लागि बिहान साढे छ बजे र साढे सात बजे उडान गर्ने तालिका बनाएको छ ।

सौर्यसँग अहिले एउटा मात्रै जहाज छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार नेपालमा उडान गर्ने नयाँ वायुसेवा कम्पनीले व्यवसायिक उडान सुरु गरेको छ महिनाभित्र अर्को जहाज ल्याइसक्नुपर्ने प्रावधान गरेको छ ।

एयरलाइन्सले काठमाडौं–विराटनगरको एकातर्फी सामान्य भाडा सात हजार ५० रुपैयाँ तोकेको छ भने सबैभन्दा सस्तो भाडा शुल्क चार हजार छ सय तोकेको छ । यसैगरी काठमाडौ–भैरहवाको लागि सामान्य भाडा छ हजार दुई सय रुपैयाँ र सस्तो भाडा चार हजार तीन सय रुपैयाँ तोकेको छ ।

एयरलाइन्सले माउन्टेन ङ्खलाइटको लागि नेपालीहरुलाई १० हजार ५० रुपैयाँ शुल्क तोकेको छ भने विदेशीहरुको लागि दुईसय चार डलर भाडा तोकेको छ ।
सौर्यले गत बिहीबार प्रधिकरणबाट जहाज उडान अनुमति (एओसी) पाएको थियो ।

५४ सिटक्षमता भएपनि यात्रुको लागि ५० सिट छुट्याइएको छ । सो जहाजले यस अघि नै उडान योग्यताको प्रमाणपत्र (टाइप सटिफिर्केट) पाइसकेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ