वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्रिय बाणिज्य बैंकको नाफा ६७ करोड २५ लाख, सिभिल भने ९६ लाख नोक्सानमा

अर्थटुडे
२०७१ मंसिर २, मंगलवार

काठमाडौं । चालु आर्थिक पहिलो त्रैमासमा राष्ट्रिय बाणिज्य बैंकले ६७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । rbb logoयो नाफा गत वर्षको सोही अवधिको तुलनामा तीन गुणाले बढेको हो । गत वर्षको सोही अवधिमा बैंकले २५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको नाफाको मुख्य आधार भनेको राइट व्याक र कम्पनीको व्यवसायको आकार बृद्धि हो । यस अवधिमा बैंकले १० करोड २३ लाख रुपैयाँ राइट व्याक गरेको छ ।

बैंकको खराव कर्जा ३.९५ प्रतिशतमा रहेको छ भने खराव कर्जाको करिव एकसय ४० प्रतिशत रकम हर्जाना वापत छुट्याएको छ । बैंकको निक्षेप १३।१८ प्रतिशतले बढेर एक खर्ब पाँच अर्ब रुपैयाँ भएको छ भने कर्जा करिब २५ प्रतिशतले बढेर ६० अर्ब ८६ करोड पुगेको छ।

त्यसैगरी सिभिल बैंक भने चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । बैंकको प्रोभिजनिङ ७० प्रतिशतले बढेर १० करोड ७५ लाख रुपैयाँ पुगेको छ । civil logo

गत बर्षको यो अवधिमा बैंकले एक करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले कुल खराब कर्जाको ११० प्रतिशत रकम हर्जाना वापत छुट्याएको छ। बैंकको निक्षेप ५३ प्रतिशतले बढेर २३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने कर्जा भने करिब ५० प्रतिशतले बढेर २० अर्ब ५० करोड पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ