काठमाडौं । जापानमा रहेका नेपालीहरुले अव सिभिल बैंकको सेवा लिन पाउने भएका छन् । सिभिल बैंक र इजी लिंक रेमिटेन्स प्रालिविच रेमिटेन्स सेवा प्रदान गर्ने सम्बन्धमा मंगलबार दुई पक्षीय सम्झौता भएको छ ।
सम्झौतापछि जापानमा रहेका नेपालीले सिभिल बैंकमा रकम पठाउन सक्छन् भने उनीहरुको आफन्तले नेपालभर रहेका सिभिल बैंकको ४१ वटा शाखाहरु मार्फत भुक्तानी लिन पाउने छन् ।
सो सम्झौतापत्रमा सिभिल बैंकका प्रमूख कार्यकारी अधिकृत किशोर महर्जन र इजी लिंकका प्रबन्धक दिपेन्द्र खनालले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया