वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वदेशी वुट र सुट प्रदर्शनी पुस ९ मा हुने

अर्थटुडे
२०७१ मंसिर २, मंगलवार

काठमाडौं । छाला जुत्ता तथा वस्तु उत्पादक संघले पुस ९ गतेदेखि १५ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएको छ ।  सो प्रदर्शनीमा स्वदेशी वुट र स्वदेशी सुटका कपडाहरु रहने छन् । यो प्रदर्शनीले उपभोक्ताहरुको विश्वास जित्न सफल हुने र अघिल्ला प्रदर्शनी भन्दा पृथक हुने विश्वास आयोजकले लिएको छ ।

सो प्रदर्शनीमा आफ्ना उत्पादनहरुलाई प्रवद्र्धन गर्न चाहने स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तु उत्पादन गर्ने उत्पादक एवं कपडा तथा सिलाई व्यवसायीहरुलाई सहभागी हुनका लागी संघले आव्हान समेत गरेको छ । साथै प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीहरुका लागी स्टल बुकिङ्ग समेत खुल्ला गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ