वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल र बेष्ट रेमिटबिच सम्झौता, वेष्टमार्फत पठाएको रकम सिभिलका शाखाबाट लिन सकिने

अर्थटुडे
२०७१ जेष्ठ २९, बिहीबार

काठमाडौं । सिभिल बैंक र बेष्ट रेमिट नेपालबिच रेमिटेन्स कारोबारमा सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतमा बेष्ट रेमिटका अध्यक्ष अनिल गुरुङ र सिभिल बैंकका तर्फवाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले हस्ताक्षर गरे ।

सम्झौता अनुसार विभिन्न देशवाट बेष्ट रेमिट मार्फत आएको रेमिट्यान्स मुलुकका विभिन्न भागमा रहेका सिभिल बैंकका ४० वटा शाखावाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।

बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न वैंक तथा वित्तिय संस्थाहरुका साथै प्राईभेट कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतालाई प्राथमिकता दिदै आएको छ । बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका वैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्ररुपमा सम्झौता गरिरहेको जनाएको छ ।
सिभिलवैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकवाट वेस्ट रेमिटमार्फत पठाएको रकम अव वेस्ट रेमिटका १५ सय भन्दा बढी एजेण्ट, सव–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तिय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ