वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिमा कम्पनीको लगानी दायरा बढ्यो, सेयरमा दोब्बर लगानी गर्न पाउने

अर्थटुडे
२०७१ मंसिर ३, बुधबार

काठमाडौं । विमा समितिले राज्यले प्राथमिकता दिएको क्षेत्रमा लगानी गर्नका लागि विमा कम्पनीहरुलाई पहिलो पटक छुट दिएको छ । समितिले विमा कम्पनीहरुको लगानीको सिमालाई थप व्यवस्थित र फराकिलो बनाउन सार्वजनिक गरेको नयाँ नीतिमा छुटको व्यवस्था गरेको हो । bima samiti

नीतिमार्फत विमा कम्पनीले पुँजी बजारमा पनि दीर्घकालिन लगानीका लागि बाटो खुल्ला गरिएको हो । नीतिपश्चात् विमा कम्पनीहरुले अव उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्रका साथै इन्भेष्टमेन्ट कम्पनीको सेयरमा र साधारण सेयरमा समेत लगानी गर्न पाउने छन् ।

समितिले नयाँ नीतिमा विमा कम्पनीहरुले १० प्रतिशतसम्म साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । सो व्यवस्था पहिले ५ प्रतिशत सम्म मात्र रहेको थियो ।

बिमा कम्पनीहरुसँग लगानी योग्य कोष बढ्दै गएपछि त्यसलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्न नयाँ लगानी निर्देशन तयार पारिएको हो। अहिले मूख्यतया बिमा कम्पनीको लगानी कोष सरकारी ऋणपत्र र बैंकको निक्षेपमा लगानी हुँदै आएको छ। यसलाई फराकिलो बनाएर पूर्वाधार क्षेत्रमा पनि लगानी गर्न सकिने व्यवस्था गरिएको हो।

सो नितिमा विमा कम्पनीहरुले ५ प्रतिशत रकमको ५ प्रतिशतसम् उत्पादनशील वा राष्ट्रिय महत्वका क्षेत्रहरु जलविद्युत, स्वास्थ,शिक्षा, पर्यटन र कृषिमा आधारित कम्पनीको सेयरमा नै लगानी गर्न सक्नेछन् ।

कम्पनीहरुले कुल लगानी रकमको दुई प्रतिशतसम्म इनभेष्टमेन्ट कम्पनीको सेयरमा समेत लगानी गर्न पाउने व्यवस्था बिमा समितिले गरेको छ। गैरजीवन बिमा कम्पनीहरुले भने इन्भेष्टमेन्ट कम्पनीमा लगानी गर्न पाउँदैनन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ