वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगातार घटीरहेको सेयरबजार उकालो लाग्यो, एकैदिन ९.८९ अंकले बढ्यो

अर्थटुडे
२०७१ मंसिर ३, बुधबार

काठमाडौं । बुधबार लगानीकर्ताहरुलाई केही राहत मिलेको छ । लगातार घटिरहेको नेप्से परिसुचक बुधबार भने बढेको छ । यस दिन नेप्से परिसुचक ९.८९ अंकले बढेर ८५३.९५ अंकमा अडिएको छ ।share साताको पहिलो कारोबार भएको दिन नै घट्न सुरु गरेको नेप्से मंगलबार सम्म लगातार रुपमा घटेको थियो ।

यस दिन सम्पुर्ण समूहगत परिसुचकहरु पनि बढेको छ । सवैभन्दा बढी होटल, जलविद्युत र विमा समूहको समूगत परिसुचक बढेको छ । यस दिन २२ करोड बराबरको ४ लाख ६१ हजार कित्ता सेयर खरिद विक्रि भएको छ । सेयर बजार घटेको मौका छोपी खरिदकर्ताहरु बढेपछि सेयर बजार पनि बढेको हो ।
यस दिन सवैभन्दा बढी सोल्टी होटलको २ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । सोल्टी होटलले ५७.८९ प्रतिशत लाभांस दिने भएपछि सो होटलको सेयर खरिदकर्ता बढेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ