वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साथीको एटीएम दुरुपयोग गरी १ लाख ७३ हजार चम्काईन राणाले

अर्थटुडे
२०७१ मंसिर ३, बुधबार

काठमाडौं । आफ्नै साथीको एटीएम दुरुपयोग गरी पैसा चोरेको अभियोगमा दरवारमार्गस्थिति केएफसी रेष्टुरेन्टमा कार्यरत एक महिला कर्मचारीले पक्राउ परेकी छिन् । kfcमंगलबार महानगरीय अपराध महाशाखाका अनुसार साथीको पैसा चोरेको आरोपमा केएफसीमा काम गर्ने दिपुकुमारी राणा लामालाई पक्राउ गरीएको हो ।

उनले आफूसँगै काम गर्ने उर्मिला गुरुङको खाताबाट एटीएम प्रयोग गरी पैसा चोरी गरेको प्रहरीले जनाएको छ । राणाले साथी उर्मिलाको माछापुच्छ्रे बैंकको खाताबाट एक लाख ७३ हजार ५ सय २२ रुपैयाँ विभिन्न मितिमा चोरी गरेको प्रहरीको दावी छ । उनले उर्मिलाको एटीएम र पिनकोड समेत चोरी गरेको प्रहरी अनुसन्धानले जानकारी दिएको छ ।

राणाको घरमा खानतलासी गर्दा ५० हजार रुपैयाँ बरामद भएकोले उनलाई बैकिङ कुसर अपराध अन्तर्गत मुद्धामा आवश्यक कारबाहीको बुधबार पक्राउ गरी हनुमानढोकामा राखिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ