वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मलेसियामा सम्पर्क कार्यालय खोल्न एनएमबिलाई अनुमति

अर्थटुडे
२०७१ मंसिर ३, बुधबार

काठमाडौं । एनएमबि बैंकले मलेशियामा आफ्नो सम्पर्क कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । केन्द्रीय बैंकबाट अन्तिम स्विकृती पाएपछि ६ महिनाभित्र बैंकले कार्यालय खोलिसक्नुपर्नेछ ।

nmb logoएनएमबिले मलेसियाको केन्द्रीय बैंक निगाराबाट सम्पर्क कार्यालय खोल्नका लागि आवश्यक स्वीकृति लिइसकेको जानकारी पनि दिएको छ । सम्पर्क कार्यालयले मलेशियन बैंकसँग सहकार्य गरी सम्पर्क बिन्दुका रुपमा कार्य गर्नुका साथै ग्राहकलाई मलेशियन व्यवसायीसँग कारोबार गर्न सल्लाहकार सेवा समेत प्रदान गर्ने बैंकले जनाएको छ ।

सम्पर्क कार्यालयले दुई देशबीच व्यापार अभिबृद्धि हुनुका साथै नेपाली अर्थतन्त्र एवं उपलव्ध बित्तीय सेवा सम्वन्धमा जानकारी आदानप्रदान गर्न सहयोग मिल्ने बैंकले दावी गरेको छ ।

विदेशमा सम्पर्क कार्यालय खोल्न अनुमति पाएको बैंक दोस्रो हो । यसअघि ग्लोबल आईएमईले अष्ट्रेलियामा कार्यालय खोल्न अनुमति पाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ